०२ असार २०८३, मंगलबार

महाभियोग सिफारिस समितिको बैठक बस्दै

महाभियोग सिफारिस समितिको बैठक बस्दै

मंगलबार महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।  बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको उनको भनाइ छ । 

 प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाभियोग सिफारिस समितिले साउन २२ गते पाएको थियो । 

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
त्यसपछि  समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्