०६ साउन २०८३, बुधबार

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशिपमा नेपाललाई २ स्वर्ण

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशिपमा नेपाललाई २ स्वर्ण

मलेसियामा आयोजित सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण जितेको छ ।

अभिषेकले पुरुष ८० किलोग्राम तौल समूह र आशुतोषले ८७ किलोग्राममाथि तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

पुरुष ५४ किलो तौलमा पूजन खड्का, ७४ किलोमा सुरज कार्की र रमेश कार्कीले रजत पदक र ७४ किलोमा कास्य पदक जितेका छन् । ६८ किलोमा अबास खानले रजत पदक जितेका छन् ।

महिला ६८ किलो तौल समूहमा पूजा कुँवर, पुरुष ५२ किलोमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथि तौलमा अफ्ताव खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कास्य जितेका छन् ।

यसअघि पुम्सेको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण र ३ रजत जितेको छ । नेपालकी रेखमाया गुरुङले महिला ३०–४० वर्ष उमेर समूहमा स्वर्ण जितेकी छन् ।

१८–३० वर्षको समूहमा सन्दीपा अम्गाईं, पुरुषमा मोहम्मद उमर खान र ४०–५० वर्ष उमेर समूहमा रोशन खानले रजत जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्