
रुपन्देहीमा बन्दको प्रभाव सामान्य परेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् ।
नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा ४ पार्टीले मंगलवार नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्द गरिए पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ ।
लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन्, बजार, स्कूल बन्द छन् ।
