
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव विराटनगरको सडकमा परेको छैन ।
बिहानैदेखि सडकमा छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन निर्वाध रूपमा गुडिरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध ४ दलले नेपाल बन्द आव्हान गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् ।
विद्यालयहरू भने बिहानैदेखि बन्द रहेका छन् ।


