२५ जेठ २०८३, सोमबार

प्रदेश १ को नामाकरणबारे मुख्यमन्त्रीको असन्तुष्टिः मेरो काँधमा बन्दुक राखेर पड्काउन मिल्छ ?

प्रदेश १ को नामाकरणबारे मुख्यमन्त्रीको असन्तुष्टिः मेरो काँधमा बन्दुक राखेर पड्काउन मिल्छ ?
फाइल तस्वीर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणका सन्दर्भमा ‘नेकपा एमालेले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोजेको’ गुनासो गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेशको नाम टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताए । 

मुख्यमन्त्री राईले यस अघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खप्न नसकेर अरूलाई जिम्मा लगाएको दाबी गरे । उनले संविधानमा नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना र ह्वीपको परिकल्पना नरहेको जिकिर गरे । 

‘नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ?,’ उनले एमालेप्रति लक्षित गर्दै भने, ‘तपाईंहरूलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो । त्यतिबेला घोषणा गर्न नसक्ने, अघि देखेर छाती थाप्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? अर्को सांसदलाई आलोचनाको शिकार बनाउने ? यी कारणले गर्दा नाम राख्न अप्ठ्यारो भएको छ ।’

उनले संघीयता सैद्धान्तिक रूपमा हुनुपर्ने जस्तो नरहेको उल्लेख गर्दै जे कारणले संघीयता ल्याउन खोजेको हो त्यस्तै संघीयताको डिजाइन हुन नसकेको बताए । उनले अहिल्यै संघीयताको मूल्यांकन गरेर असफल भयो भन्ने नमिल्ने जिकिर गरे । 

salt training

कमेन्ट गर्नुहोस्