
अस्ट्रेलियाको मेलबर्नमा रहेको एक निजी विद्यालयले आठ वर्षकी वाणीविहीन विद्यार्थीलाई बिरालोको पहिचान दिएको छ ।
द हेराल्ड सन पत्रिकाका अनुसार, पढाइमा निकै तगडा विद्यार्थीलाई बिरालोको पहिचान अंगीकार गर्न स्वीकृति दिइएको छ ।
अस्ट्रेलियामा अहिले बिरालो बन्न चाहने संस्कृतिलाई किशोरकिशोरीहरूले अपनाउन थालेका छन् ।
‘विद्यार्थीहरूलाई कुनै पशुका रूपमा पहिचान गराउने विषयमा नियम नबनेको भए पनि विद्यालयलाई अवरोध नहुने शर्तमा बिरालो बन्न दिइएको छ,’ किशोरीको परिवारलाई चिन्ने एक व्यक्तिले हेराल्ड सनलाई बताए ।
‘यस्तो व्यवहार अहिले सामान्य मानिन थालेको छ,’ उनले थपे, ‘अहिले धेरै मानिस आफूलाई बिरालो वा अन्य जनावरका रूपमा चिनाउन थालेका छन् ।’
विद्यार्थीहरू हातखुट्टा टेकेर हिँड्ने र कपडामा प्वाल पारेर पुच्छर निकाल्ने समेत गर्न थालेका छन् ।
