फागुन ३०, २०७९
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ ।
उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवार राजनीतिक दलका प्रतिनिधिसँग आचारसंहिताको खाका प्रस्ताव गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले ५२ बुँदे आचारसंहिता दलहरूसँग प्रस्ताव गरेको छ ।
राजनीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने कर्तव्यबारे आचारसंहितामा धेरै कुरा समेटिएको छ ।
आसन्न निर्वाचनका लागि आयोगले तयार गरेको प्रस्तावित आचारसंहिता विगतको भन्दा केही प्रगतिशील छ ।
प्रधानमन्त्री, मन्त्रीलगायत सरकारी ओहोदामा रहेका व्यक्ति आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा जान नपाउने आयोगको प्रस्ताव सकारात्मक छ ।
ओहोदामा रहेका व्यक्तिले चुनावका बेला राज्य शक्तिको दुरुपयोग गर्ने कामलाई निरुत्साहित गर्नैपर्छ ।
सेना/प्रहरीको हेलिकप्टर र सरकारी गाडीको लावालस्कर प्रयोग गरेर मन्त्रीहरू कुनै दलको चुनाव प्रचारमा हिँड्दा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ ।
यससँगै आयोगले हेलिकप्टर प्रयोगमा पनि केही शर्त राखेको छ, त्यो पनि आवश्यक छ । निर्वाचनमा विदेशी नम्बर प्लेटका गाडी चलाउन नपाइने आयोगको प्रस्ताव छ ।
उम्मेदवारले आफ्नो रवाफ देखाउन सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडीको ताँती लगाउने काम भइरहेको थियो ।
विदेशी नम्बर प्लेटका गाडी भाडामा ल्याएर सभामा कार्यकर्ता ओसारपसारको काम भइरहेको थियो । विदेशी नम्बर प्लेटका गाडी नियन्त्रण गर्दा पनि निर्वाचन केही मितव्ययी हुनेछ ।
देशमा आर्थिक पारदर्शिता र सुशासनका लागि निर्वाचन प्रणाली स्वच्छ हुन जरुरी छ । पैसाले मतदाता प्रभावित गरेर जितेर आउने नीति निर्माता (सांसदले) देशमा सुशासन ल्याउन सक्दैनन् ।
राजनीतिक रूपमा भइरहेको भ्रष्टाचार नियन्त्रणका लागि मूल सफा गर्न जरुरी छ । त्यो भनेको निर्वाचन नै हो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले प्रस्ताव गरेको आचारसंहितालाई दलहरूले विरोध नगरून् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारले सम्पत्ति विवरण नबुझाएकोमा कारवाही प्रक्रिया अगाडि बढाउन खोज्दैछ, यो सकारात्मक कुरा हो ।
प्रतिनिधि सभा निर्वाचनमा पनि आचारसंहिताको प्रभावकारी अनुगमन र उल्लंघन गर्नेमाथि कठोर कदम चाल्न आयोग पछि नपरोस् ।
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ । शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले ...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको नतिजालाई लिएर नेपाली समाजमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेको छ । उपनिर्वाचनमा निर्वाचित भएका तीन सिटले सत्ता गठबन्धनमा उलटफेर त हुँदैन, तर यो निर्वाचनले गहि...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...