२६ जेठ २०८३, मंगलबार

अलजजिरामा आएको कञ्चनपुरकी पार्वती सुनारको कथा

अलजजिरामा आएको कञ्चनपुरकी पार्वती सुनारको कथा
Navesh Chitrakar/Reuters Via aljazeera

अन्तर्राष्ट्रिय समाचार संस्था ‘अल जजिरा’मा छोरासँग स्कूल जाने पार्वती सुनारको स्टोरीछापिएको छ । 

‘दुर्गम नेपालमा आमाछोरा एउटै स्कूलमा जान्छन्’ शीर्षकमा कञ्चनपुर पुनर्वासको स्टोरी छापिएको हो । 

जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुरमा छोरासँगै पढ्ने २७ वर्षकी पार्वतीको फोटो स्टोरी छापिएको छ । 

समाचार संस्था रोयटर्सका लागि नाभेष चित्रकारले खिचेका फोटो उक्त स्टोरीमा छापिएको छ ।

पतिसँगै भारतमा घरेलु कामदार गरेकी पार्वती स्कूल पढ्नका लागि नेपाल फर्किएको समाचारमा उल्लेख छ ।

छोरासँगै स्कूल जाने पार्वतीले १२ कक्षासम्मको अध्ययन पूरा गर्ने लक्ष्य रहेको बताएको पनि समाचारमा जनाइएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्