०८ साउन २०८३, शुक्रबार

चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द गरेका छैनौँ– एमाले उपमहासचिव गुरुङ

चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द गरेका छैनौँ– एमाले उपमहासचिव गुरुङ

नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मंसिर ४ गते हुने चुनावमा एमालेले गठबन्धन बनाउने संकेत गरेका छन् । गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द नगरिएको उनले स्पष्ट गरे । 

मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एजेण्डा मिल्नेसँग कुरा भइरहेको बताएका हुन् । तर, उनले कुन–कुन दलसँग कुरा भइरहेको छ भन्ने खुलाएनन् । 

‘आगामी सरकार नेकपा एमालेको बहुमतको सरकार बनाउने रणनीतिअनुसार राजनीतिक प्रतिवेदन तयार हुँदैछ’ गुरुङले भने, ‘गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द गरेका छैनौँ, एक्लैले चुनाव जित्न सक्छौँ । एजेण्डा मिल्नेसँग कुरा भइरहेको छ ।’ 

कोसँग गठबन्धन हुँदैछ भन्ने पत्रकारको प्रश्नमा गुरुङले भने, ‘यो झ्याली पिटाउँदै हिँड्ने विषय होइन ।’ 

मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्