
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारीका लागि शालीन र विनम्र बनेर जनतामा जान नेता कार्यकतासँग आग्रह गरेका छन् । उनले कार्यकर्तालाई सक्रिय र संयमित बन्न आग्रह गरे ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संयमित भएर चुनावमा जानुपर्ने बताएका हुन् । ओलीले आफू १८ घण्टा काममा खटिएको भन्दै त्यति नसके १४ घण्टासम्म काममा सक्रिय बन्न आग्रह गरे ।
‘म अहिले पनि १८ घण्टा काम गर्छु, प्रायः साथीहरू मभन्दा कम उमेरका हुनुहुन्छ । कमसेकम १४ घण्टा काम गर्नुस्, नसके १० घण्टा गर्नुस् त्यो पनि नभए कमसेकम ८ घण्टा त गर्नुस्’ ओलीले भने, ‘सक्रिय बनौँ, संयमित बनौँ, शालीन र विनम्र बनेर जनताको बीचमा जाऔँ । नेताजीलाई पनि म आग्रह गर्न चाहन्छु ।’