२१ जेठ २०८३, बिहीबार

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरूलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । 

सम्झौताअनुसार, गरिमाको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरू प्राप्त गर्नेछन् । मोकोमार्फत मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरू सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरूमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्