२१ जेठ २०८३, बिहीबार

कैलालीको लम्कीचुहाका बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण

कैलालीको लम्कीचुहाका बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोगमार्फत कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले काम शुरू गरिसकेको बताएकी छन् । आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको उनले बताइन् । 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना रहेको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताइन् । उनले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् । 

नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपूर्जा वितरण गरेर कानुनी रूपमा जग्गाको मालिक बनाइएको बताइन् । 

मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने उनले जानकारी दिइन् ।  दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालयले सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँने काम गरिरहेको उनले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्