३१ जेठ २०८३, आइतबार

आयात र निर्यात दुवै घट्यो

आयात र निर्यात दुवै घट्यो
प्रतिकात्मक तस्वीर

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ ।

भन्सार विभागले मंगलवार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

सोही महिनामा कूल वस्तु निर्यात समेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । 

गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।

गत वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालू आवको सोही महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको तथ्यांकमा समावेश छ ।

गत साउन महिनामा कूल १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

कूल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विक्रम संवत् २०७८ साउनमा मुलुकले १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।

विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्