२७ जेठ २०८३, बुधबार

अमिताभ बच्चनलाई कोरोना संक्रमण

भदौ ८, २०७९
अमिताभ बच्चनलाई कोरोना संक्रमण
फाइल फोटो

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै अमिताभले संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘म केही समयअघि कोरोना पोजिटिभ देखिएको छु । जो पनि मेरो सम्पर्कमा आउनुभएको थियो, कृपया परीक्षण गराउनुहोला ।’

अमिताभ हाल ‘कौन बनेगा करोडपति १४’ शो सञ्चालन गरिरहेका छन् । शोका क्रममा उनी विभिन्न व्यक्तिको सम्पर्कमा आउने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्