
कोरोना भाइरस संक्रमणबाट भारतको दिल्लीमा थप ९ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार १ दिनअघि कोरोनाबाट ७ जनाको मृत्यु भएको थियो । पछिल्लो अद्यावधिक विवरणअनुसार थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि एकैदिन ६२५ जनामा संक्रमण पुष्टि भएको थियो ।
देशभरमा थप ८ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या १ लाखभन्दा कम रहेको छ । जसअनुसार सक्रिय संक्रमित ९६ हजार ५०६ रहेका छन् । देशभरमा कोरोनाबाट एकैदिन थप ४८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कूल मृतकको संख्या ५ लाख २७ हजार ४१६ पुगेको छ ।