२२ असार २०८३, सोमबार

कास्कीमा खेलाडी छनोट सुरु

कास्कीमा खेलाडी छनोट सुरु

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट सुरु भएको छ । 

जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोटको कार्यतालिका बनाएर छनोट प्रक्रिया सुरु गरेको हो । समितिको कार्यतालिकाअनुसार आज ब्याडमिन्टनका लागि सात पुरुष र चार महिला गरी ११ खेलाडी प्रादेशिक छनोटमा परेका छन् । प्रादेशिक छनोटपछि राष्ट्रिय खेलकुदका लागि प्रदेशको अन्तिम टोली घोषणा हुनेछ । 

जिल्ला खेलकुद विकास समितिका सदस्य मनिषा गुभाजु, जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष विशाल खड्का, खेल अफिसियल ज्ञानेन्द्र भण्डारी, वीरबहादुर आले, इच्छा गुरुङ र रविचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो ।

पुरुषतर्फ राष्ट्रिय खेलाडीद्वय भूगोल गुरुङ र विधान अधिकारीसहित विशाल खड्का, सशाङ्क अधिकारी, इशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट भएका छन् । यसैगरी महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शीतल केसी छनोट भए । 
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रत्येक टोलीबाट ब्याडमिन्टनमा पुरुषतर्फ सात र महिलातर्फ पाँच जनाले प्रतिनिधित्व गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्