
राजधानीको टेकुबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । टेकुस्थित रहेको कनक पेट्रोल पम्प नजिकै सडक खण्डमा लागुऔषध बिक्री वितरण, ओसार पसार तथा सेवन लगायतका गतिविधि हुने गरेको सूचनाको आधारमा बृत्त कालिमाटीबाट खटिएको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका २ बस्ने गौतम थापालाई पक्राउ गरेको हो ।
थापाको साथबाट विभिन्न लागुऔषध र नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । थापा उपर लागु औषध नियन्त्रण ऐन,२०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट बिहीबार १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।