२३ असार २०८३, मंगलबार

चितवनमा ५८ हजार १२९ मतदाता थप

चितवनमा ५८ हजार १२९ मतदाता थप
प्रतिकात्मक तस्वीर

जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि १ हप्ताको समय छुट्याएको छ ।

कार्यालयका अनुसार भदौ १३ गतेदेखि १८ गतेसम्म विवरण अद्यावधिक गरिने छ । 

कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगिसक्नेछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, झूटा विवरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने रहेका छन् । 

१३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३–१७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्