१२ साउन २०८३, मंगलबार

निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न प्रकाशमानको माग

निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न प्रकाशमानको माग
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले यस अघिका निर्वाचन पनि कांग्रेसले इमान्दारितापूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँधलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए । नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने बताए । 

‘कांग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ । अहिले पनि निर्वाचन निष्पक्ष हुनुपर्‍यो । धाँधलीरहित गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ’, उनले भने, ‘दलहरूले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ । नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली काँग्रेसले विशेष ध्यान दिनुपर्छ । आगामी दिनमा नेपाली काँग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ ।’

नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासीन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए । उनले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्