२३ असार २०८३, मंगलबार

चीनबाट जोखिम आइलागेको भन्दै ताइवानले बढायो रक्षा बजेट

भदौ १०, २०७९
चीनबाट जोखिम आइलागेको भन्दै ताइवानले बढायो रक्षा बजेट

ताइवानले नयाँ लडाकू विमानहरू किन्नका लागि कीर्तिमान १९ अर्ब डलर खर्च गर्ने भएको छ । 

चीनले ताइवानमाथि आक्रमण गर्न लागेको विश्वास लिई ताइपेइले प्रतिरक्षा क्षमता बढाउनका लागि खर्चमा वृद्धि गरेको हो । 

‘हामी सुरक्षा र राष्ट्रिय रक्षालाई उच्च प्राथमिकतामा राख्छौं,’ तथ्यांक मन्त्री चु चर्मिङले बताए । 

यस वर्षको बजेटमा ताइवानले रक्षा खर्च अघिल्लो सालभन्दा १३.९ प्रतिशत बढाएको छ । 

उता चीनले अत्याधुनिक स्टेल्थ लडाकू विमान तथा विमानवाहक युद्धपोतमा खर्च गरिरहेको छ । त्यसलाई लामो दूरीको क्षेप्यास्त्रका साथ प्रतिकार गर्ने आशा ताइवानले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्