०४ असार २०८३, बिहीबार

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायव महानिरीक्षकहरुबीच कार्यसम्पादन सम्झौता

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायव महानिरीक्षकहरुबीच कार्यसम्पादन सम्झौता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन् । 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रवार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको हो । उक्त समारोहमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु वंशीराज दाहाल, ई. किशोर प्रधान, कमल गिरी, गणेश ठाडा मगर, अभिकुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूलाई जिम्मेवारीप्रति अझ बढी प्रतिबद्ध, कानून कार्यान्वयनमा अझै बढी दृढ तथा तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्