
कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवामा एक जनाको अज्ञात समूहले गोली हान्दा मृत्यु भएको छ । स्थानीयका अनुसार गोली लागेर ५५ वर्षीय रामसमुज पार्सीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बस्नेतका अनुसार मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको र उनीहरू फरार भएका थिए । ‘गोली हानेर फरार भएका छन् प्रहरीले उनीहरुको खोजी कार्य जारी गरेको छ,’ एसपी बस्नेतले लोकान्तरसँगभने । गाेली लागेका पार्सीलाई अस्पताल लगिएको थियाे। अस्पतालले अझै उनलाई मृत घोषणा गरिनसकेको एसपी बस्नेतले बताए ।