
देशभर पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गरिएको थियो । १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९९ पुगेको छ । होम आइसोलेसनमा ३ हजार ७६६, संस्थागत आइसोलेसन १७७, आइसियुमा ५० र भेन्टिलेटरमा १ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा, मुग र जाजरकोट रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा २ हजार २, ललितपुरमा ६०८ र भक्तपुरमा ४५ जना सक्रिय संक्रमित रहेका छन् । कूलमा संक्रमणदर १६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।