२३ असार २०८३, मंगलबार

दुबईबाट डाइपरमा सुन लुकाएर आएकी कविता पक्राउ

दुबईबाट डाइपरमा सुन लुकाएर आएकी कविता पक्राउ

अवैध सुन लिएर दुबईबाट नेपाल आएकी कविता श्रेष्ठ पक्राउ परेकी छन् । शुक्रवार फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ सुकुलढोका घर भएकी वर्ष ५६ वर्षीया श्रेष्ठ पक्राउ परेकी हुन् । 

उनले डाइपरमा सुनजस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु पोका पारी ल्याएकी थिइन् । उक्त सुनको तौल ७७० ग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्