२७ असार २०८३, शनिबार

ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ

ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा दुईसय ५६ किलो र  ना ८ ख २७१८ नं को अर्को आइचर ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ । 

प्रहरीले २५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी–९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित  नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नंको बस चेकजाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको  जनाएको छ ।

कमेन्ट गर्नुहोस्