मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपालमा तीजको तरङ्ग १ महिना अघिदेखि नै देखिएको छ । हिन्दू महिलाका लागि तीज १ विशेष दिन मानिन्छ र एक पवित्र पर्व पनि ।
तीज पर्वमा व्रत र व्रत अगाडिको दरले पनि छुट्टै महत्त्व बोकेको हुन्छ । नेपाली समाजमा खिर दरका लागि खाइने एक प्रमुख र परम्परागत परिकार हो । तातो–तातो मसलादार खिरमा खारेको घ्यु हालेर खानुको मज्जा नै अलग हुन्छ ।
खिर एक नेपाली मौलिक परिकार हो, जुन अनाज, दाल वा तिनीहरूको पीठोबाट बनाइन्छ । नेपाली व्यञ्जनमा खिर रेसिपीका धेरै भिन्नताहरू छन् । खिर परम्परागत रूपमा दूध, चामल, चिनी र केही सुक्खा फलहरू मिसाएर बनाइने परिकार हो । खिर पकाउँदा सकेसम्म प्याकेटको दूधमा नपकाउनुस् । डेरीको दूधमा पकाउँदा राम्रो मानिन्छ । प्याकेटमा फ्याटको मात्रा ३ प्रतिशत मात्र हुन्छ र खल्लो स्वादको दूध हुन्छ । डेरीमा किनेको दूधमा लगभग ५ प्रतिशत फ्याट (क्रिम) हुने हुँदा खिर र कुराउनीको लागि डेरीको दूध उत्तम मानिन्छ । मसला र स्वादको छनोट सामान्यतया अलैंची, गुलाब पानी, केवरा पानी वा केसर हो ।
चामलको खिर मूलतः ताइचिन चामल, सम्पूर्ण दूध, चिनी, नट र मसलाले बनेको चामलको नेपाली संस्करण हो । मैले यो खिर बनाउन आमाबाट सिकेको हो, जुन मलाई निकै स्वादिष्ट र पोषणयुक्त लाग्छ ।
खिर बनाउन चाहिने सामग्री ः १ कप ताइचिन चामल, २ लिटर दूध, १/६ कप चिनी वा आवश्यकता अनुसार थप्नुहोस्, १/२ चम्चा अलैंचीको धुलो वा ५–६ वटा हरियो अलैंची, १ चिम्टी केसर, २ चम्चा काटेको वा ठूलो बदाम (अल्मन्ड), २ चम्चा काटिएको काजू (केसुनुट फ्लेक्स), २ चम्चा काटिएको वा नमकिन पिस्ताको टुक्रा, २ चम्चा सुनौलो किसमिस, १ चम्चा मरिचको धुलो, २ चम्चा काटेको नरिवल, २ चम्चा छोडाएर काटेको छोगडा, ४ चम्चा नेपाली घ्यु ।
खिर बनाउने तरिका ः ताइचिन चामललाई २ पटक या जबसम्म पानी स्टार्चबाट सफा हुँदैन, तबसम्म धुनुहोस् । त्यसपछि चामललाई १५–२० मिनेटसम्म पर्याप्त पानीमा भिजाएर राख्नुस् । दूधलाई बाक्लो भाडोमा उमाल्नुस् र चामल खन्याउनुस् । सानो आँचमा मज्जाले चामललाई दूधमा खेल्न दिनुस् र बेला–बेला चलाउनुस् ।
राम्ररी फत्केर पाक्न लागेपछि इलाइची, मरिच हालेर चलाउनुस् र चिनी पनि हाल्दिनुस् । अर्को प्यानमा घ्यु खारेर सबै ड्राइनट्सहरू खैरो हुने गरी भुट्नुस् र पाकेको खिरमाथि हालेर बिस्तारै चलाउनुस् । अब केसर र एक्स्ट्रा घ्यु मन पर्नेले पाथिबाट थपेर खान सक्नुहुन्छ । खिर तातो या चिसो दुवै हिसाबमा खान सकिन्छ । सुगर खान नहुनेले सुगर फ्री खिरको रूपमा चिनी नहाली पहिला नै निकालेर पनि सर्भ गर्न सकिन्छ । चिनी खानेले पनि चिनीको सट्टा सक्खर, मिस्री या मह प्रयोग गर्दा स्वास्थ्यलाई अझ फाइदा पुर्याउँछ ।
यस्तै तरिका प्रयोग गरेर दूधे मकैको खिर, ढकनी, ब्राउन राइसको खिर, कागुनोको खिर, किनुवाको खिर, कुसकुसको खिर, सेबाइको खिर, साबुदाना खिर, घैयाको खिर, मखनाको खिर, सुजिको खिर, पनिरको खिर, चना दाल खिर, मुङ दाल खिर, गाँजरको खिर, ओट्सको खिर, पास्ता खिर, दलिया खिर घरमै बनाएर स्वादिष्ट तरिकाबाट दर खान सकिन्छ ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...