
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूका लागि रात्रिभोजको आयोजना गरेका छन् । केन्द्रीय कमिटीको चौथो बैठकमा सहभागी हुन काठमाडौं आएका नेताहरूलाई ओलीले रात्रि भोज दिन लागेको एमालेका एक नेताले जानकारी दिए ।
शुक्रवार र शनिवार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा जाने निर्णय गरेको छ ।
बैठकले उम्मेदवार सिफारिस र छनौटको मापदण्ड पनि बनाएको छ ।
केन्द्रीय सदस्यहरूका लागि नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा रात्रि भोजको आयोजना गरिएको भनेर निम्तो आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘केन्द्रीय सदस्यहरूका लागि एभरेस्ट होटलमा रात्रिभोज आयोजना भएकोले बेलुकी ६ बजे होटलमा पुग्न भनेर निम्तो आएको छ’, एक केन्द्रीय सदस्यले भने ।