
भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएकी हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् ।
तर कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ ।