
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकमाथि राष्ट्रिय सभाको समितिमा दफावार छलफल हुने भएको छ ।
प्रतिनिधि सभाबाट हुबहु पारित विधेयक राष्ट्रिय सभाबाट समितिमा पुगेको हो ।
आइतवार दिउँसो बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिको सन्देशसहित पुनर्विचारका लागि आएको विधेयक विधायन व्यवस्थपन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बैठकको बहुमतले उक्त प्रस्ताव स्वीकृत गर्यो । समितिमा दफावार छलफलका लागि गएपनि सत्तापक्षको बहुमत रहेकाले प्रक्रिया पुर्याएर जस्ताको जस्तै पारित गर्ने तयारी रहेको स्रोतले बतायो ।
प्रतिनिधि सभाले हुबहु पारित गरेको भन्दै राष्ट्रपति भण्डारीले चित्त दुखाएकी थिइन् ।
राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएपछि सभामुखले प्रमाणीकरण गरेर पुनः राष्ट्रपतिकोमा पठाइने छ ।