३१ जेठ २०८३, आइतबार

प्रहरीको मुखैमा गएर अपान वायु छोड्ने व्यक्तिलाई ३ वर्षको कैद सजाय

भदौ १२, २०७९
प्रहरीको मुखैमा गएर अपान वायु छोड्ने व्यक्तिलाई ३ वर्षको कैद सजाय

बेलायतमा प्रहरीको मुखैमा गएर अपान वायु छोड्ने एक व्यक्तिलाई तीन वर्षको कैद सजाय दिइएको छ । 

म्याथ्यु ह्यापगूड नामक ती व्यक्तिलाई पसलबाट सामान चोरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएकै बेलामा उनले प्रहरीको मुखै नजिक पादेका थिए । 

उनले पसलबाट ३३ पाउन्ड बराबरको बीयर र साइडर चोरेका थिए । 

घटना मार्च २१ मा भएको थियो । 

अक्सफोर्ड क्राउन अदालतका न्यायाधीश इयन प्रिंगलले उनलाई ३४ महिना कैद सजाय काट्नुपर्ने सजाय सुनाएका थिए । 

उनले भने, ‘तिम्रो आपराधिक इतिहास लामो रहेछ । तिमी ८३ वटा कसूरका लागि दोषी ठहर भइसकेका रहेछौ । जिन्दगीभरि तिमी लागूपदार्थ वा मदिराको लतमा लट्ठ परेका रहेछौ ।’
 

salt training

कमेन्ट गर्नुहोस्