१३ असार २०८३, शनिबार

सिजि नेट जोडी र सिजि ग्राण्ड जोडी अफर आरम्भ

सिजि नेट जोडी र सिजि ग्राण्ड जोडी अफर आरम्भ

इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित  आईपीटीभी सेवा सिजिनेट जोडी योजना शुरू गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतवारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको आरम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आईपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । 

आईपीटीभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् । ती च्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतका च्यानलहरू हुनेछन् । 

यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्कलगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरूका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो । 

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् ।  स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आईपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ । 

त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपीएसको साथमा आईपीटीभीको रु २ हजार ६४०, पपुलार जोडी एमवीपीएसको साथमा आईपीटीभीको रु ३ हजार ७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आईपीटीभीको रु ९ हजार ७२० शुल्क लाग्ने छ । 

यस्तै वार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपीएसको साथमा आईपीटीभीको रु ९ हजार ७२०, पपुलर जोडी एमवीपीएसको साथमा आईपीटीभीको रु १२ हजार ६६० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आईपीटीभीको रु १६ हजार ४८८  शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक रु २ हजार ६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले बदलिँदो समय अनुरुपमा निरन्तर रूपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ । 

सिजी डिजिटलले सिजि नेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपीएस र आईपीटीभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५ हजार ९९९ मा र ८० एमवीपीएस र आईपीटीभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५ हजार ४९९ मा प्राप्त गर्न सक्नेछन् ।  

ग्राहकले यीे जोडी प्याकेजहरू सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन् । 
कम्पनीका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौंडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरूबाट यो सेवा सुनिश्चित गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्