२० असार २०८३, शनिबार

‘झमझम झम्काना’ हिट भएपछि तीज विशेष सांगीतिक कार्यक्रममा ब्यस्त भागिरथ

‘झमझम झम्काना’ हिट भएपछि तीज विशेष सांगीतिक कार्यक्रममा ब्यस्त भागिरथ
फाइल तस्वीर

यसवर्ष सार्वजनिक तीज गीतमध्ये सबैलाई उछिन्यो, ‘झमझम झम्काना’ले । टिकटकमा छाउँदै युट्युबमा राम्रो भ्युज पाएको गीतको चर्चा अहिले पनि उत्तिकै छ । युट्युबमा यस गीतको भ्युज १ करोड ५० लाख माथि पुगिसकेको छ ।  

गीत हिट भएसँगै यतिबेला यसका संगीतकार, गायक एवं मोडलसमेत रहेका भागिरथ चलाउने तीज विशेष कार्यक्रममा व्यस्त छन् । उनी हरेक दिनजसो विभिन्न जिल्लामा पुगेर तीज विशेष कार्यक्रममा प्रस्तुति दिइरहेका छन् । 

आइतवार बुटवलमा आयोजक तीज विशेष कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका भागिरथ सोमवार सुर्खेत पुगेर दर्शक नचाउनेछन् । मंगलवार तीजको दिन भने उनले पोखरामा प्रस्तुति दिनेछन् । गीतकी गायिका सुनिता बुढा क्षेत्री भने यतिबेला कतारमा छिन् । तीज विशेष कार्यक्रममा लागि उनी कतार पुगेकी हुन् । 

सांगीतिक बजारमा जसको गीत चल्छ, सोही कलाकारहरूको डिमाण्ड मेला महोत्सवमा बढी देखिने गरेको छ । विशेष गरी गायक–गायिकाहरूको खोजी हुने गर्छ । यसवर्ष ‘झमझम झम्काना’ गीत चल्दा भागिरथ र सुनिता तीज विशेष कार्यक्रममा ब्यस्त भएका हुन् । तीज गीतमा चलेका अधिकांश गायक–गायिकाहरू देश–विदेशका कार्यक्रमहरूमा व्यस्त देखिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्