×

NIC ASIA

नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पहल गर्छुः भुवन केसी

भदौ १२, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन् । आइतवार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत–३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

 अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली भाषी चलचित्रलाई नेपाली सिनेहलमा पहिलो प्राथमिकतामा राखेको पनि बताए । उनले नेपाली चलचित्रका निर्माताहरुले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे । उनले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए । 


Advertisment
Rupse Holidays
Nabil box

अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे । उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताए । 
कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रिय स्तरको बन्ने बताए । कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए । 

Vianet communication

नेपाली चलचित्र प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारहरुको मुख्य अभिनय छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x