०७ असार २०८३, आइतबार

कार्यदल बैठक निष्कर्षविहीन

कार्यदल बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । सिट बाँडफाँडबारे गठबन्धनमा रहेका दलहरु आफ्नो अडानमा कायम भएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ ।

कार्यदलमा एक सदस्यका अनुसार यसअघि जस्तै काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी कायम राखेको छ ।
अब अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नभएको  कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्