हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए ।
उनले भने, “हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो ।” प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार÷पाँच दिनसम्म परीक्षण चल्ने उनको भनाइ छ । परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यले बताए ।