२६ जेठ २०८३, मंगलबार

आजको मौसमः कहाँ–कहाँ वर्षाको सम्भावना ?

आजको मौसमः कहाँ–कहाँ वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसअनुसार सोमबार बिहान देशैभरी आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

 यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। देशका  केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्