०१ असार २०८३, सोमबार

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् ...

भदौ १३, २०७९
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् ...

पर्वतको जलजला गाउँपालिकास्थित फलामे डाँडाबाट देखिएको अन्नपूर्ण हिमालसँगै अन्य हिमशृंखला ।

समुन्द्री सतहदेखि ३ हजार ३०० मिटरको उचाइमा अवस्थित फलामे डाँडालगायत म्याग्दी, र उत्तरी पर्वतको पर्यटकीय स्थललाई समेटेर करबाकेली पदमार्ग समेत सञ्चालमा ल्याइएको छ । यहाँबाट बिहानीको सूर्योदयसँगै धौलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि हिमाल र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

मगर समुदायको बाहुल्यता रहेको यहाँको हावापानी चिसो भएको हुँदा गर्मी छल्नका लागि पनि पर्यटकहरू विभिन्न ठाउँबाट यहाँ आइपुग्ने गर्छन् । पछिल्लो समय पर्यटकलाई दृष्टिगत गर्दै पाहुँना घर समेत सञ्चालनमा आएको छ । तस्वीर : सुमनजंग थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्