२८ जेठ २०८३, बिहीबार

‘आईसीटी अवार्ड २०२२’ को नोमिनेशन बुझाउने बुधवार अन्तिम दिन

‘आईसीटी अवार्ड २०२२’ को नोमिनेशन बुझाउने बुधवार अन्तिम दिन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन), यहि भदौ १५ गते बुधवारसम्म बुझाउन सकिने छ ।  

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड’ पनि आयोजना हुनेछ । यसैगरी नेपालको लागि स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरू रहेका छन् । 
प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् । अवार्डमा नोमिनेशन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनोट गरी अनलाइन फारम बुझाउनुपर्ने आयोजकले बताएको छ । 

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रूपमा कार्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टहरूको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रूपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ । विभिन्न १२ विधामा हुने छनोट प्रकृयाको लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढी विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । 

आईसीटी अवार्ड प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्ति, संस्था, कम्पनी, विद्यार्थी र इन्नोभेसनहरूलाई सम्मान र प्रोत्साहन गर्ने नेपालको सबैभन्दा भब्य एवं प्रतिष्ठित प्लाटफर्म हो । यसमा सहभागी स्टार्टअप, इन्नोभेटर तथा नयाँ प्रोडक्टहरू विकास गरेका व्यक्ति तथा सस्थालाई विभिन्न किसिमले सहयोग गर्ने, लगानीको वातावरण बनाउने र अन्तराष्ट्रिय प्लाटफर्महरूमा समेत सहभागी गराउदै स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपूर्ण भुमिका निवार्ह गरिरहेको छ । 

यसैगरी डिजिटल गर्भनेन्स, एजुकेशन र सर्भिसेस मार्फत डिजिटल रुपान्तरण र यसको इकोसिस्टमको विकासमा योगदान दिइरहेको आयोजकले जनाएको छ । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएको छन् । यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरूको सहकार्य रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्