२५ जेठ २०८३, सोमबार

बालेनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ

बालेनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सोमवार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बालेनविरुद्धको मुद्दामा सुनुवाइ भएको हो। 

'अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई दिए हुन्छ' भनी सामाजिक सञ्जालमा लेखेपछि अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध आइतवार सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दिएका थिए।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले उक्त कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्