२१ असार २०८३, आइतबार

भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा

भदौ १६, २०७९
भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा

आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना  भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मङ्गलबार राजीनामा दिएकी छन्।
पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले एक वाक्यमा उनीसँग पदमा रहिरहन कुनै शर्त बाखि नरहेको भन्दै राजीनामा दिएकी छिन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले  स्वास्थ्य मन्त्रीको  राजीनमा स्वीकृत गरेको  उल्लेख गरिएको छ। एक गर्भवती भारतीय महिलाको  डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण अर्को साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो । 
अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्