२७ असार २०८३, शनिबार

बेहुली छाडेर बेहुला भागेपछि सडकमै दौडधूप, भिडियो भाइरल

भदौ १७, २०७९
बेहुली छाडेर बेहुला भागेपछि सडकमै दौडधूप, भिडियो भाइरल

विवाह गर्नुपूर्व नै आपसी समझदारी गरेर दुवै पक्ष मिलेर विवाह गरिन्छ । तर एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसमा विवाह गर्ने बेला बेहुला भागेका छन् ।

भारतको बिहारको नवादा जिल्लास्थित महुली गाउँकी गुड्डी कुमारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे ।

बिहीवार केटीलाई हेर्न केटा गाउँमै पुगे । गाउँलेले केटालाई देखेपछि तत्कालै विवाह गर्न खोजियो । शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गाउँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल कोर्ट’मा विवाह गर्ने निधो भयो । बेहुला–बेहुली दुवै अदालत पुगेका थिए । 

अदालतमा वकिलले बेहुलालाई कागजमा हस्ताक्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे । बेहुला भागेपछि बेहुली पनि पछिपछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो ।

सबै मिलेर सन्दीपलाई छोपेर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीको रोहबरमा मन्दिरमा दुवैको विवाह गरिएको छ ।

हेर्नुहोस् भिडियो – 

salt training

कमेन्ट गर्नुहोस्