
राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी रहनेछ ।
राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारदेखि छलफल सुरु भएको थियो ।
छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएपछि आजका लागि पनि बैठक तय गरिएको हो।