असोज २४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मेदवारको सूची सिफारिश गरिरहेका हुन् ।
टिकट वितरणको अख्तियारी पाएका दलका नेताले खल्तीबाट टिपेर आफ्ना मान्छेलाई उम्मेदवार बनाउने प्रचलन रहेकोमा अहिले तल्ला निकायबाट नाम सिफारिश गर्नेक्रम शुरू हुनु सकारात्मक हो ।
चौतर्फी आलोचनाको भूमरीमा परेका दलभित्र शुरू भएको यो आन्तरिक लोकतन्त्रको अभ्यास हो ।
तर, मातहतका निकायले प्रदेश र केन्द्रका लागि सिफारिश गरेका उम्मेदवारको सूची भने विवादरहित बन्न सकेको छैन ।
जघन्य हत्या आरोपमा जेलमा रहेका व्यक्ति समेत सम्भावित उम्मेदवारको सूचीमा परेका छन् ।
लामो समय राजनीति गरेका भन्दा बिचौलिया, ठेकेदार र अन्य विवादास्पद व्यक्तिहरू पनि तलबाट सिफारिशमा परेका छन् ।
रौतहटमा इँटा भट्टामा जलाएर कामदारहरूको सामूहिक हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेलमा बसिरहेका आफ्ताब आलम समेत सिफारिशमा परेका छन् ।
कांग्रेसजस्तो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने पार्टीका लागि आफ्ताब आलमजस्तो व्यक्ति उम्मेदवार सिफारिश हुनु लज्जाको विषय हो ।
अपेक्षा गरौं, तलबाट सिफारिश भएर आएपनि आलमजस्तो विवादास्पद व्यक्तिलाई टिकट दिने मूर्खता कांग्रेसले गर्ने छैन ।
अन्य दलहरूले पनि हत्या, अपहरण, बलात्कार र भ्रष्टाचारजस्ता फौजदारी कसूर लागेका व्यक्तिलाई उम्मेदवार नबनाऊन् ।
त्यस्ता ‘दागी’ व्यक्तिलाई उम्मेदवार बनाउँदा दलहरूले मूल्य चुकाउनु पर्नेछ । दागीलाई उम्मेदवार बनाउन निर्वाचन आयोगले पनि निरुत्साहित गर्नुपर्छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ । शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले ...
स्वेच्छाचारी ढंगले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सरकारी तयारीको विरोध गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसद् परित्याग गरे । केही नेपाल ऐन संशोधन गर्ने विधेयक सरकारले संसद्मा टेबल गरेकै दिन ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...