०३ असार २०८३, बुधबार

रामदेव बाबा र आचार्य बालकृष्णद्वारा एभरेष्ट बैंक र पतंजली नेपालको को ब्राण्डेड क्रेडिट कार्डको शुरुवात

रामदेव बाबा र आचार्य बालकृष्णद्वारा एभरेष्ट बैंक र पतंजली नेपालको को ब्राण्डेड क्रेडिट कार्डको शुरुवात

एभरेष्ट बैंक लि. र पतंजली आयुर्वेद प्रा.लि., नेपालले ‘को ब्राण्डेड’ क्रेडिट कार्डको शुरुवात गरेका छन् । तीजको अवसरमा नयाँदिल्ली, भारतमा भएको एक कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रूपमा सो कार्डको शुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने शुरुवाती ३ महिनाको लागि जारी शुल्कमा ५० प्रतिशतसम्म छुट हुनेछ । 

सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरूका आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । 

स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे ।  यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने बैंकले जनाएको छ । 

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्