२६ असार २०८३, शुक्रबार

फ्राइडे रिलिजः केकी–आँचल र पूजा–आकाशको फिल्ममध्ये कुनले गर्ला राम्रो ब्यापार ?

फ्राइडे रिलिजः केकी–आँचल र पूजा–आकाशको फिल्ममध्ये कुनले गर्ला राम्रो ब्यापार ?

कोरोनायता पछिल्लो समय हलमा एकसाथ दुई नेपाली फिल्म प्रदर्शन हुनु सामान्यजस्तै देखिएको छ । गतसाता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । यससाता पनि सोही माहोल छ । हलमा एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ शुक्रवारदेखि  प्रदर्शनमा आएका फिल्म हुन् । यी दुवै फिल्म फरक स्वादका हुन् । 

झिंगेदाउ

पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित फिल्म हो । यस फिल्मले एक परिवारभित्रको कथालाई प्रस्तुत गरेको छ । 

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा लगायतको अभिनय छ । कुशल यही फिल्मबाट अभिनयमा रुपमा डेब्यू गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा यस फिल्मका निर्माता हुन् ।

सम्हालिन्छ कहिले मन

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ प्रेमकथानक फिल्म हो । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । 

गायकका रूपमा चर्चित सोनम यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतको पनि फिल्ममा अभिनय छ । अमित बस्नेत, अजितकुमार राना र परि राणा यस फिल्मका निर्माता हुन् । 

कुनले गर्ला राम्रो व्यापार ? 

एउटा पुराना सफल निर्देशकको फिल्म, अर्का लभस्टोरी जनारामा सफल मानिएका निर्देशकको फिल्म । त्यसमाथि दुवै फिल्ममा नाम चलेका कलाकारहरूको अभिनय रहेका कारण कुनको व्यापार राम्रो हुन्छ सहजै भन्न सकिने अवस्था देखिँदैन । दुवै फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटरमा समान शो पाएका छन् । प्रचारप्रसार पनि दुवै फिल्मको बराबरीजस्तै देखिएको थियो । सो कारण दुवै फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्