×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिजः केकी–आँचल र पूजा–आकाशको फिल्ममध्ये कुनले गर्ला राम्रो ब्यापार ?

भदौ १७, २०७९

NTC
Premier Steels

कोरोनायता पछिल्लो समय हलमा एकसाथ दुई नेपाली फिल्म प्रदर्शन हुनु सामान्यजस्तै देखिएको छ । गतसाता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । यससाता पनि सोही माहोल छ । हलमा एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ शुक्रवारदेखि  प्रदर्शनमा आएका फिल्म हुन् । यी दुवै फिल्म फरक स्वादका हुन् । 

Muktinath Bank

झिंगेदाउ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित फिल्म हो । यस फिल्मले एक परिवारभित्रको कथालाई प्रस्तुत गरेको छ । 


Advertisment
Nabil box
Kumari

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा लगायतको अभिनय छ । कुशल यही फिल्मबाट अभिनयमा रुपमा डेब्यू गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा यस फिल्मका निर्माता हुन् ।

Vianet communication

सम्हालिन्छ कहिले मन

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ प्रेमकथानक फिल्म हो । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । 

गायकका रूपमा चर्चित सोनम यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतको पनि फिल्ममा अभिनय छ । अमित बस्नेत, अजितकुमार राना र परि राणा यस फिल्मका निर्माता हुन् । 

कुनले गर्ला राम्रो व्यापार ? 

एउटा पुराना सफल निर्देशकको फिल्म, अर्का लभस्टोरी जनारामा सफल मानिएका निर्देशकको फिल्म । त्यसमाथि दुवै फिल्ममा नाम चलेका कलाकारहरूको अभिनय रहेका कारण कुनको व्यापार राम्रो हुन्छ सहजै भन्न सकिने अवस्था देखिँदैन । दुवै फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटरमा समान शो पाएका छन् । प्रचारप्रसार पनि दुवै फिल्मको बराबरीजस्तै देखिएको थियो । सो कारण दुवै फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x