२८ जेठ २०८३, बिहीबार

साफ महिला फुटबल च्याम्पियनसीप २०२२ को तयारी पूरा

साफ महिला फुटबल च्याम्पियनसीप २०२२ को तयारी पूरा

यही भदौ २१ गतेदेखि काठमाडौंमा हुन लागेको साफ महिला च्याम्पियनसीप २०२२ को तयारी पूरा भएको छ । भदौ २१ देखि असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । 

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगितामा सहभागी टिमहरू नेपाल आउने क्रम जारी रहेको जानकारी दिए । उनले हालसम्म भुटान र पाकिस्तानको टिम काठमाडौं आइसकेको जानकारी दिएका छन् । बाँकी सबै टिम आइतवारसम्ममा काठमाडौं आइपुग्ने उनले बताए । 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्भिभ्स गरी ७ राष्ट्रका महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता रहने छ । 

सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीका आधारमा खेल खेलाइने एन्फाले जानकारी दिएको छ । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुवै समूहबाट अंकको आधारमा पहिलो र दोस्रो स्थानमा रहने टिमले सेमिफाइनल प्रवेश गर्नेछन् । 

एन्फाले प्रतियोगिता सञ्चालनका लागि उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । प्रतियोगिता सञ्चालनका लागि कुल ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च हुने एन्फाले जनाएको छ । 

एन्फाको नयाँ पदाधिकारी चयन भएपछि हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

 

salt training

कमेन्ट गर्नुहोस्