०८ साउन २०८३, शुक्रबार

नीतीश कुमारलाई आगामी प्रधानमन्त्री बनाउनुपर्ने आशयका साथ टाँसियो पोस्टर

भदौ १७, २०७९
नीतीश कुमारलाई आगामी प्रधानमन्त्री बनाउनुपर्ने आशयका साथ टाँसियो पोस्टर

सन् २०२४ मा भारतको लोकसभा निर्वाचन हुँदैछ ।

त्यसमा सत्तारूढ भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेतृत्वमा नै चुनाव लड्नेछ । 

तर उनको प्रतिस्पर्धामा विपक्षी गठबन्धनबाट को प्रधानमन्त्री पदको उम्मेदवार बन्ने स्पष्ट छैन । कहिले ममता बनर्जीको नाम आउँछ भने कहिले शरद पवारको । 

बिहारका मुख्यमन्त्री नीतीश कुमारले पनि प्रधानमन्त्री पदमा आकांक्षा व्यक्त गरेका छन् । उनको पार्टी जनता दल युनाइटेडको कार्यालयमा उनलाई प्रधानमन्त्री बनाउनुपर्ने आशयसहितको पोस्टर टाँसिएको छ ।

एउटा पोस्टरमा यस्तो लेखिएको छ, ‘प्रदेशमा देखिए, अब देशमा देखिनेछन् ।’ अर्को पोस्टरमा लेखिएको छ, ‘जुमला (गफ) हैन, यथार्थ ।’ अनि अर्कोमा, ‘आश्वासन हैन, सुशासन ।’ 

त्यसो त जदयूले स्पष्ट रूपमा नीतीशलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा पेश गरेको छैन । तर उनको नाममा सहमति जनाउन कोशिश चाहिँ गरेको छ । 

यसैबीच तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर राव बिहार पुगेर नीतीशसँग भेटघाट गरेका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले नीतीश सर्वोत्कृष्ट नेता भएको बताए । उनको त्यो भनाइले नीतीशको प्रधानमन्त्री पदमाथिको दाबीलाई बलियो बनाएको बताइँदैछ । 

तर विपक्षीहरूको एकताका लागि नीतीशले प्रधानमन्त्री पदमा दाबी छोड्न पनि सक्ने जदयूका नेताहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्