
कक्षा १२ को नतिजा शुक्रवार प्रकाशन गरिने भएको छ । परीक्षाफल प्रकाशित गर्ने निर्णय गर्न परीक्षा बोर्डको बैठक बोलाइएको छ । शुक्रवार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको हो ।
यसअघि भदौ १३ गते परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएपछि अन्तिम समयमा स्थगित भएको थियो । केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशन गर्ने कार्य स्थगित गरिएको थियो ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।