
वैदेशिक रोजगारीका लागि अफगानिस्तान पठाइदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेको अभियोग प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चितवन भरतपुर महानगरपालिका–२१ गीतानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालिका सञ्चालक ३९ वर्षीय रविन भन्ने रवीन्द्र अधिकारीलाई प्रहरीले बिहीवार नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
मासिक १ लाख रूपैयाँभन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाएको अनुसन्धान कार्यालयले जनाएको छ ।