०७ असार २०८३, आइतबार

छ वर्षीया बालिकालाई बलात्कार गरेका दीपक २५ वर्षपछि पक्राउ

छ वर्षीया बालिकालाई बलात्कार गरेका दीपक २५ वर्षपछि पक्राउ

छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेको एक व्यक्तिलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ४० वर्षीय दीपक तुल्सीव्याखोलाई पक्राउ गरेको हो । उनी भक्तपुर नगरपालिका–११ क्वाछेका बासिन्दा हुन् । 

सर्वोच्च अदालतले २०६३ साल माघ ८ गते उनलाई ८ वर्ष कैद र उनको अंशको आधा भागसहित बालिकालाई भराइदिने फैसला गरेको थियो । अदालतको फैसलाअघि नै उनी फरार भएका थिए । 

प्रहरीले उनलाई पोखरामा व्यवसाय गरेर बसेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्